नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।


नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नु भएका अशोककुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् ।
मिति २०८२ पौष ९ मा बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले निर्णय भएकै मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको जनाइएको छ ।
नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले हिजै नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका छन् ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा एनआईसी एशिया बैंकले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।
