डा निकोलस भुसाल र हरिश विष्टसँग सरकारद्वारा ६ बुँदे सम्झौता, तोडियो अनशन

सरकारले डा निकोलस भुसाल र हरिश विष्टसँग छ बुँदे सम्झौता गरेको छ । सम्झौता भएसंगै ११ औँ दिनदेखि अनसनमा रहेका भुसाल र विष्टले अनसन तोड्नु भएको छ ।

बालुवाटारमा भएको सम्झौतामा डा भुसाल, विष्ट तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गर्नुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाउनुभएको थियो ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने लगायतका माग राखेर भुसाल र विष्ट माइतीघरमा आमरण अनशन बस्नुभएको थियो ।

अनशन तोडिएसँगै आन्दोलन स्थगित गरिएको र सम्झौताका बुँदाहरू कार्यान्वयनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाइने सहमतिपत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार