नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) सहित २६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको नेता मनिष झाले जानकारी दिनुभयो । आइतबारको बैठकमा थपिएका सात जना केन्द्रीयसमेत सहभागी थिए ।
रास्वपा र काठमाडौँ महानगरपालिका प्रमुख साहबीच सहकार्य गर्नेसम्बन्धी सम्झौता यसअघि नै भइसकेको छ । रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि पार्टी एकतासम्बन्धी सम्झौता भइसकेको छ ।
यी हुन् रास्वपमा थपिएका केन्द्रीय सदस्य :
१. बालेन्द्र शाह – वरिष्ठ नेता
२. सुनिल लम्साल – केन्द्रीय सदस्य
३. भूप देव शाह – केन्द्रीय सदस्य
४. सस्मित पोखरेल – केन्द्रीय सदस्य
५. सागर ढकाल – केन्द्रीय सदस्य
६. सरिता ज्ञवाली – केन्द्रीय सदस्य
७. रमेश पौडेल – केन्द्रीय सदस्य
८. केपी खनाल – केन्द्रीय सदस्य
९. खडक राज पौडेल – केन्द्रीय सदस्य
१०. सन्तोष गिरी – केन्द्रीय सदस्य
११. लक्ष्मण थारु – केन्द्रीय सदस्य
१२. खगेन्द्र सुनार – केन्द्रीय सदस्य
१३. डा. नमिता यादव – केन्द्रीय सदस्य
१४. लक्ष्मी बर्देवा – केन्द्रीय सदस्य
१५. राम कुमार ढुंगाना – केन्द्रीय सदस्य
१६. रोहन कार्की – केन्द्रीय सदस्य
१७. अनन्त राज घिमिरे – केन्द्रीय सदस्य
१८. सुशान्त बैदिक – केन्द्रीय सदस्य
१९. प्रदिप ज्ञवाली – केन्द्रीय सदस्य
२०. जेम्स कार्की – केन्द्रीय सदस्य
२१. मधुसुदन ढकाल – केन्द्रीय सदस्य
२२. ओजस्वी थापा – केन्द्रीय सदस्य
२३. शिव यादब – केन्द्रीय सदस्य
२४. आदित्य आचार्य – केन्द्रीय सदस्य
२५. प्रदिप पाण्डे – केन्द्रीय सदस्य
२६. खेम राज साउद – केन्द्रीय सदस्य

