नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।


पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य बढिरहेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार एक सयमा र त्यति नै चाँदीको मोल रू चार हजार ८८० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६५ हजार र त्यति नै चाँदीको मोल रु चार हजार ६८५ मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला तीन हजार एक सय रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला एक सय ९५ रुपैयाँले बढेको हो ।
