सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

बुधबारको तुलनामा आज सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुन तोलामा दुई हजार र चाँदीको मूल्य एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६५ हजार ७०० कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ६५ हजार ७०० निर्धारण भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य एक सय रुपैयाँले घट्दै तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको छ । बुधबार एक तोला चाँदी रु चार हजार ९३५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार