प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले राससलाई जानकारी दिनुभयो ।

संयोजक रावलका अनुसार प्रधानमन्त्री कार्कीले अध्यक्ष ओलीलाई सरकारले निर्वाचनको प्रबन्ध मिलाएको र ढुक्क भएर निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको थियो ।

सोही क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्रमा निर्वाचनको वातावरण बनेका खण्डमा आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने उल्लेख गर्दै समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो देखाउनुभएको थियो ।

भेटमा अधयक्ष ओलीले प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिनुभएको थियो ।

सम्बन्धित समाचार