नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।


बिहीबारको तुलनामा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । बिहीबार छापावाल सुन तोलामा दुई हजार एक सयले बढ्दा चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार ८०० कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ६५ हजार ७०० निर्धारण भएको थियो ।
यता चाँदीको मूल्य पनि घटेको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला चाँदी रु चार हजार ७८० मा कारोबार भएको थियो ।
