नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।


अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा, वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा वितरण केन्द्रमा रहँदा रु १३ लाख ९३ हजार ६३० बराबरको सार्वजनिक समपत्ति हानिनोक्सानी गरेको देखिएको जनाउँदै तत्कालीन प्रमुख सिंह, केन्द्रका सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले र सेक्युरिटी गार्डहरू रामकुमार पुर्जा र हेम शर्मालाई प्रतिवादी बनाई आरोपपत्र दायर गरेको जनाइएको छ ।

