नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।


सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । स्थानीय बजारमा मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ५०० ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन सय ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६५५ मा खरिदबिक्री भइरहेको छ ।
मंगलबार सुन प्रतितोला रू दुई लाख ७६ हजार ५०० र चाँदी प्रतितोला रू पाँच हजार ३४० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
