बागमती मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली लोक सेवा आयोगमा पठाउने

बागमती मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार बैठकले प्रादेशिक कृषि थोकबजार सञ्चालनसम्बन्धी मस्यौदालाई स्वीकृत गरेको छ । विज्ञान प्रविधि नवप्रवर्द्धन विकास कोष सञ्चालनको मस्यौदा २०८२ लाई सो बैठकले अनुमोदन गरेको छ ।

प्रदेशको विभिन्न मन्त्रालयबाट सिफारिस भई आएको राष्ट्रिय गौरवको आयोजना र बहुवर्षीय योजनालाई तत्काललाई कार्यान्वयन ल्याउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बजेट विनियोजित गर्न स्वीकृत प्रदान गरेको सरकारको प्रवक्ता प्रभात तामाङले जानकारी दिनुभयो ।

यसैगरी, सो बैठकले प्रदेशका सांसदहरूको स्वकीय सचिवको तलवभत्ता सुविधासम्बन्धी समस्यालाई लिएर निकास दिन प्रदेश ऐनको मातहतमा रहेर कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता प्रभात तामाङ बताउनुभयो ।

सम्बन्धित समाचार