कांग्रेस नेता थानीद्वारा उम्मेदवार नबन्ने घोषणा

नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार नहुने घोषणा गर्नुभएको छ ।

उहाँले बिहीबार एक विज्ञप्ति जारी गरी आफ्नो स्वास्थ्यको कारण र भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलताबाट गुज्रिरहेको उल्लेख गर्दै निर्वाचनमा उम्मेदवार नहुने घोषणा गर्नुभएको हो ।

सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस हुनु भएका नेता थानीले भन्नुभयो, “करिब दुई महिनादेखि खुट्टामा नशासम्बन्धी समस्याका कारण सहज रूपमा हिँडडूल गर्न सकेको छैन, त्यसकारण यो निर्वाचनमा म नउठ्ने निर्णय गरेको छु ।”

मुलुकको स्थायित्व र संविधानको रक्षाको निम्ति फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार