काठमाडौँ महानगर प्रमुख बालेनद्वारा राजीनामा

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उहाँले आजैदेखि लागू हुने गरी राजीनामा पेस गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ ।

स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्यागपत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास गरेको बताउनुभएको छ ।

बालेनले राजीनामा पत्रमा भन्नुभएको छ, “नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागु हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु । यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारिपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।”

सम्बन्धित समाचार