नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक संजाल फेसबुक मार्फत् पुनले राजीनामा दिएको जानकारी दिनुभएको हो । अर्थमन्त्री खनालले फेसबुकमा लेख्नुभएको छ , ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’
प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बताएको छ । गत असोज ५ गते महाविर पुन शिक्षामन्त्रीमा नियुक्त हुनुभएको थियो ।
