नवकान्तिपुर संवाददाता
देउखुरी (दाङ), ६ माघ ।


नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्वाचनलाई संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
मंगलबार दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “यो निर्वाचनले शान्ति रोज्ने र हिंसा रोक्ने बीचको विकल्प प्रस्तुत गर्छ । हामीले यसलाई देशभर संविधानको रक्षाको अवसरका रूपमा लिएका छौँ ।”
महासचिव पोखरेलले दाङको भूमि सधैँ परिवर्तनको पक्षमा रहेको बताउँदै यसपटक पनि सुशासन र विकासको पक्षमा हाल्ने विश्वास व्यक्त गर्नुभयो ।
