नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ माघ ।


स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । आइतबारको तुलनामा आज प्रतितोला सुन रु पाँच हजार २०० र चाँदी रु दुई सय ८५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार त्यति नै चाँदीको मोल रु छ हजार ७६५ कायम भएको छ ।
आइतबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० र त्यति नै चाँदीको मोल रु छ हजार ४८० कायम भएको थियो ।

