नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ माघ ।


स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । सोमबारको तुलनामा आज प्रतितोला सुन रु तीन सय र चाँदी रु एक सय पाँचले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँ8दीको मोल रु छ हजार ८७० कायम भएको छ ।
सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार र त्यति नै चाँदीको मोल रु छ हजार ७६५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

