नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
त्रिवि शिक्षण अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले सभापति लामिछानेलाई सेलुलाइटिसको उपचारपछि बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिनुभएको हो ।
सभापति लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेपछि स्वास्थ्य समस्यामा पर्नुभएको थियो । चोटपछि औषधि सेवन गर्दा सुधार नआएर सङ्क्रमण बढ्दै जाँदा सेलुलाइटिस भएको र सोही कारण उहाँ यही माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना हुनुभएको थियो ।
यसैबीच, सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरू उक्त अस्पतालसँग सम्बन्धित नरहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

