नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।


नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा पुगेर पूर्वप्रधानमन्त्री नेपालसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
रुघाखोकी र ज्वरोको समस्याले छातीमा सङ्क्रमण देखिएपछि उहाँलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिनुभयो । नेपालले केही दिन अस्पतालमै बसेर उपचार गर्नुहुने जनाइएको छ ।
यसअघि पनि छातीसम्बन्धी सङ्क्रमणको समस्या देखिएकाले सहसंयोजक नेपाललाई केही समय भीडभाडबाट टाढा रहन चिकित्सकले सुझाव दिएका थिए ।

