जनताको जीवनस्तर सुधार मुख्य ‘एजेन्डा’: जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी राजनीति, सङ्घीयताको प्रभावकारी कार्यान्वयन र जनताको जीवनस्तर सुधार आफ्नो पार्टीको मुख्य ‘एजेन्डा’ रहेको बताउनुभएको छ ।

जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा उहाँले मधेसको विकास र पहिचानका लागि पार्टी निरन्तर सङ्घर्षरत रहेको उल्लेख गर्दै जनताको विश्वास नै आफ्नो शक्तिको आधार भएको बताउनुभयो ।

त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका नेता–कार्यकर्तालाई स्वागत गर्दै यादवले विचार र एजेन्डामा सहमति हुनेहरूका लागि पार्टी सधैँ खुला रहेको बताउनुभयो ।

सम्बन्धित समाचार