नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।


सोमबारको तुलनामा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज सुनको मूल्य नौ सयले बढ्दा चाँदीको मूल्य भने रु १० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार ५००कायम भएको छ भने चाँदीको मोल रु पाँच हजार २४० निर्धारण भएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला रु तीन लाख चार हजार ६०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु पाँच हजार २५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

