नवकान्तिपुर संवाददाता
रामेछाप, २७ माघ ।


रामेछापको सदरमुकाम मन्थली नजिक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
मंगलबार बिहान काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको अरनीको यातायातको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो ।
दुर्घटनामा परी ८ जना घाइते भएको र ती मध्ये गम्भीर घाइते ७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।
