नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ माघ ।


गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको छ।
यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन्। ती सफल गीतहरूपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुलिरहेको छ। गीतको शब्द टेकेश भण्डारीले लेखेका हुन् भने संगीत संयोजन उदय राज पौडेलले गरेका छन्। गीतमा आयुष मगरकै स्वर र संगीत रहेको छ।
गीतको म्युजिक भिडियोमा आयुष मगर र भगिशा मगर मुख्य भूमिकामा देखिएका छन्। साथै भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको समेत अभिनय रहेको छ।
भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हालेका छन्। छायांकन तथा निर्माण एनवाइसी नेपाली लाइफ स्टाइल प्रोडक्सनको ब्यानरमा सम्पन्न गरिएको हो। भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गरेका छन् भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ।
भिडियो लिंक: https://youtu.be/o1u2dRuZtlA?si=OkT1PRIUJsl245pj
