नेकपा एमाले जिरी नगर कमिटीद्वारा नगरस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

नेकपा एमाले जिरी नगर कमिटीले आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला हालै सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नगरका विभिन्न क्षेत्रका अग्रणी कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

विशेष आकर्षणको रूपमा, भेला कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार पार्वत गुरुङ उपस्थित भई कार्यकर्ता तथा जिरीबासी नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभयो । उनले आगामी निर्वाचनका रणनीति, पार्टीको लक्ष्य तथा विकासका योजना विषयमा जानकारी प्रस्तुत गर्दै उपस्थितहरूसँग विचार-विमर्श गर्नुभयो ।

कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पार्टीलाई सुदृढ बनाउने र आगामी निर्वाचनमा सक्रिय भूमिकामा रहने प्रतिबद्धता जनाएका छन् । साथै, नागरिकहरूसँगको अन्तरक्रियाले स्थानीय समस्याहरू र आवश्यकताहरू बुझ्न समेत योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन् ।

जिरी नगर कमिटीले यस भेला मार्फत नगर स्तरमा पार्टी संगठन सुदृढ गर्ने र समुदायसँगको सम्बन्ध अझ बलियो बनाउने लक्ष्य राखेको छ ।



सम्बन्धित समाचार