राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आइतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ ।

महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गर्नुभएको हो ।

उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गर्नुभएको थियो । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हासहितका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

सम्बन्धित समाचार