नवकान्तिपुर संवाददाता
दाङ, ७ फागुन ।


नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले झापादेखि कञ्जनपुरका आमनागरिकको चाहना तथा सुझावका कारण आफूहरु चुनावमा होमिएको बताउनुभएको छ ।
दाङ निर्वाचन क्षेत्र नं ३ को चुनावी सभालाई बुधबार दाङको तुलसीपुरमा सम्बोधन गर्दै उहाँले जनताको चाहनालाई सङ्घर्षको मोर्चाका रूपमा स्वीकार गर्दै नागरिकले निर्वाचनमार्फत सरकार बनाउन माग गरेकाले आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताउनुभयो ।
महासचिव चन्दले निर्वाचन सरकार बनाउने वा मन्त्री बन्ने माध्यम मात्र नभई जेनजी पुस्ताका माग, नागरिकले उठाएका विभिन्न सवाल तथा जनयुद्धका अपूरा ‘एजेन्डा’लाई संसद्मा पुर्याउने आधार पनि भएको उल्लेख गर्नुभयो ।
उहाँले दाङ निर्वाचन क्षेत्र नं ३ मा पार्टीको उम्मेदवारी नेतृत्वको व्यक्तिगत इच्छा नभई जनताको सुझावको परिणाम भएको धारणा राख्नुभयो ।
