नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।


स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६० कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार सय र त्यति नै परिमाणको चाँदीको मोल रु चार हजार ८८० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भएको महासंघले जनाएको छ।
