नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान ९ः१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
उहाँले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो । गोरखाका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ ।
स्थानीय प्रशासनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।
