नवकान्तिपुर संवाददाता
अदानचुली (हुम्ला), २१ फागुन ।


हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार ९८९ र पुरुष ११ हजार ३३९ रहेका छन् ।
हुम्लाको कुल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको थियो ।
