नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


भक्तपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले भारी मतले अगाडि रहनु भएको छ ।
रास्वपाका रन्जितले ६ हजार ८८४ मतसहित अग्रता दिंदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल दोस्रो स्थानमा रहनुभएको छ । रास्वपा रन्जित नेमकिपाका सुवालभन्दा तीनगुणा बढी मतले अघि हुनुहुन्छ ।
दोस्रो स्थानमा रहेका सुवालले २ हजार १३३ मत पाएर रन्जितलाई पछ्याइरहनुभएको छ ।
