नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) का तर्फबाट नवनिर्वाचित शिशिर खनालले अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको बताउनुभएको छ ।
जनताले ठूलो आशा तथा भरोसाका साथ आफू र रास्वपा पार्टीलाई विजयी गराएकामा धन्यवाद दिँदै उहाँले देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान जिम्मेवार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जेनजी पुस्ताले हामीमाथि भरोसा गरेकै कारण यति सफल हुन सकिएको हो ।”
खनाल २७ हजार ७१९ मत ल्याएर विजयी हुनुभएको हो ।
