नवकान्तिपुर संवाददाता
टक्सार (भोजपुर), २४ फागुन ।

भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मनुभएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएको छ ।
नेकपा (एमाले) मा रहेर विद्यार्थी तहबाट नै नेता बन्नुभएका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । त्रिचालिस वर्षीय राई २०६२/६३ को जनआन्दोलनमा अग्रपङ्क्तिमा उभिनुभयो ।
विसं २०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बन्नुभएको थियो ।
सोही समय उहाँले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पु-याउँदै गाउँ नै झिलीमिली बनाउनुभएको थियो । स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई कांग्रेसका सरोज बस्नेतसँग पराजित हुनुभएयो ।
राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गर्नुभएको थियो । सोभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । एमाले छोडनु भएका राईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९


