शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा उहाँले प्रतिकूल परिस्थितिका बाबजुद प्राप्त जिम्मेवारीमा केन्द्रित रहेर निर्वाह गरेको व्यावसायिक भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमान्दारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवं दृढ अनुशासन आवश्यक रहेको बताउनुभयो ।

यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि निर्वाचन सुरक्षा उत्कृष्ट ढङ्गले पूरा गरेकामा सशस्त्र प्रहरीका कर्मचारी तथा मातहत एकाइहरुलाई धन्यवाद दिनुभएको छ ।

सशस्त्र प्रहरी मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचनलाई भयरहित वातावरणमा उत्कृष्ट ढङ्गले पूरा गर्न परिचालित सबै सशस्त्र प्रहरी कर्मचारीप्रति आभार प्रकट गर्नुभयो ।



सम्बन्धित समाचार