नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अङ्कले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ११ प्रतिशतको गिरावट हो ।
मंगलबार ३२९ कम्पनीको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर दुई करोड पाँच लाख ६११ पटक खरिद–बिक्री हुँदा रु २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबारको कारोबारमा जीवन बिमा शून्य दशमलव ५१, म्युचुअल फन्ड एक दशमलव ३४ र निर्जीवन बिमा शून्य दशमलव ४७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
बैङ्किङ एक दशमलव २७, विकास बैङ्क एक दशमलव १६, वित्त दुई दशमलव ०६, होटल तथा पर्यटन एक दशमलव ८५, जलविद्युत् एक दशमलव ४५ र लगानी समूह एक दशमलव ४८ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन एक दशमलव ८२, लघुवित्त शून्य दशमलव १७, व्यापार दुई दशमलव १२ र अन्य समूह एक दशमलव ४० प्रतिशतले घटेको छ ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ३६ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा मंगलबार सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु एक अर्ब नौ करोड ७३ लाख ५५ हजार १५७ बराबरको २४ लाख नौ हजार ९८९ कित्ता शेयर कारोबार भएको छ ।
