रास्वपा वरिष्ठ नेता बालेनद्वारा अध्यक्ष ओलीप्रति समवेदना

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अध्यक्ष ओलीप्रति समवेदन दिनुभएको छ ।

झापा–५ बाट निर्वाचित नेता शाहले शुक्रबार सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिँदै केही समयअघि आफूले पिता गुमाएकाले पिता जस्तो रक्षक, गुरु र देवता अरु कोही हुन्न भन्ने संस्कृत श्लोकको स्मरण गर्नुभएको छ ।

“पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने मैले महसुस गरेको छु । पूर्वप्रधानमन्त्री ओलीमा पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”, शाहको सन्देशमा भनिएको छ । यसअघि रास्वपाका अध्यक्ष रवि लामिछानेले अध्यक्ष ओलीप्रति समवेदना दिनुभएको थियो ।

दिवङ्गत ओलीको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

सम्बन्धित समाचार