नवकान्तिपुर संवाददाता
काठमाडौं, १ चैत ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उहाँका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना दिनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले आइतबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवास पुगेर दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीका पिता मोहनप्रसादको गत फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको हो ।


