खोटाङमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना, घाइतेको उद्धार

खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ ।

आज बिहान काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११ः५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन् । घाइतेलाई काठमाडौँबाट गएको अर्काे हेलिकप्टरबाट उद्धार गरी ल्याइएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार