रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डिपी) अर्यालले पितृ शोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्नुभएको छ ।

बुधबार भक्तपुरस्थित अध्यक्ष ओलीको गुण्डु निवासमा पुगेर उहाँले ओलीसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको हो । उहाँले ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

उपसभापति अर्यालले शोकसन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो ।

सम्बन्धित समाचार