ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपति समक्ष शपथ लिने

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनुहुने भएको छ ।

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष बुधबार बिहान ११ः १५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभा सञ्चालन गर्नुहुने छ । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित ७८ वर्षीय केसीले यही चैत १२ गते सङ्घीय संसद भवनमा प्रतिनिधिसभाका अन्य २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ ।

सम्बन्धित समाचार