कांग्रेस उपसभापति र महामन्त्रीद्वयद्वारा ओलीलाई समवेदना व्यक्त

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासहित कांग्रेस पदाधिकारीको टोलीले पितृ शोकमा रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्नुभएको छ ।

सोमबार भक्तपुरस्थित अध्यक्ष ओलीको निवास गुण्डु पुगेर उपसभापति शर्मा र महामन्त्रीद्वय प्रदीप पौडेल तथा गुरुराज घिमिरेले समवेदना व्यक्त गर्नुको साथै ओलीका दिवंगत पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

त्यसैगरी नेकपाका नेताहरु रेणु दाहाल र गंगा दाहाल पनि सोमबारै गुण्डुस्थित ओली निवास पुगेर समवेदना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार