नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
उहाँलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गर्नुभएको थियो । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको विदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।
