कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

जेनजी आन्दोलनको क्रममा खड्काको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । त्यस्तै उहाँमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।

सम्बन्धित समाचार