नवकान्तिपुर संवाददाता
भक्तपुर , २३ चैत ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आइतबार ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भन्नुभयो, “स्वीप अप्रेसनमा आइतबार ३० जना पक्राउ गर्यौं, हिजो(शनिबार) ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।”
उहाँले विभिन्न घट्नमा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै स्वीप अप्रेसन जारी राखेको बताउनुभयो ।सार्वजनिकस्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।


