मुख्यमन्त्री कार्कीलाई मातृ शोक

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृ शोक परेको छ । मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको उहाँका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

एक महिनाअगाडि उहाँको खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो ।

स्व कार्कीका दुई छोरा र पाँच छोरी हुनुहुन्छ ।

सम्बन्धित समाचार