नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।

साहित्यकार तथा संगीतकार महेश्वर पन्तको ‘सुनको धारो चाँदीको पँधेरो’ गीत सार्वजनिक भएको छ । स्रष्टा महेश्वर पन्तले लेख्नुभएको गीतको संगीत संकलक गीतकार स्वयं हुन् भने गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र समीक्षा अधिकारीले स्वर दिएका छन् ।
यस गीतको भिडियोलाई निर्देशक शिव विकले निर्देशन गरेका हुन् । भिडियोमा मोडलका रुपमा अञ्जली अधिकारी र प्रभातपल ठकुरी रहेका छन् । कलाकार तथा साहित्यकार रमेश दाहाल, गीतकार महेश्वर पन्तलाई अतिथिको रुपमा भिडियोमा देख्न सकिन्छ ।
गीत तथा म्युजिक भिडियो नेपाली लोक संस्कृतिका अग्रज कालीभक्त पन्तका नाममा स्थापित कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले उत्पादन गरेको हो ।
नेपाली डाँडा पाखामा गुन्जने नेपाली लोकभाका गीत संगीतको प्रवद्र्धन तथा उत्थानका लागि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले ‘आमा सानिमा, फूलको थुँगा खस्यो पानीमा’, ‘सुनको धारो चाँदीको पँधेरो’ गीत बजारमा ल्याएको हो ।
म्युजिक भिडियो लिङ्क :
