नवकान्तिपुर संवाददाता
टक्सार (भोजपुर), २३ वैशाख ।

जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवाले राससलाई बताउनुभयो ।
भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन् ।

