सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सिफारिस

संवैधानिक परिषद्को बैठकले प्रधानन्ययाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्मालाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले बिहीबार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । बैठकपछि सभामुख डोलप्रसाद अर्यालले भावी प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस भएको जानकारी दिनुभयो ।

परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नियुक्तिपछि शर्मा ३३औं प्रधानन्यायाधीश बन्नुहुनेछ ।

सम्बन्धित समाचार