नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।

पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सुदन किराती शुक्रबार श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ ।
गत चुनावअघि गठन गरिएको प्रलोपामा जोडिनुभएका तत्काली माओवादी केन्द्रका नेता किरातीलाई शुक्रबार आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ राईले पार्टी प्रवेश गराउनुभएको हो ।
किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउनुभएको छ । साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको किराती पक्षका एक नेताले जानकारी दिए ।
