अमेरिकाको मेरिल्यान्डमा हुने ‘सेकेन्ड किड्स् टेलेन्ट शो २०२६’ का लागि प्रतिभाशाली बालबालिका छनोट

बाल प्रतिभाको खोजी र नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ International Nepali Artists Society (INAS) मेरिल्यान्ड (अमेरिका)द्वारा आयोजना हुन लागेको “2nd Kids Talent Show 2026” कार्यक्रमका लागि विभिन्न विधाबाट प्रतिभाशाली बालबालिकाहरू छनोट भएका छन्।

कार्यक्रम आगामी मे ३०, २०२६ शनिबार, मेरिल्यान्डस्थित Family Kitchen, 4132 E Joppa Rd, Nottingham MD 21236 मा भव्य रूपमा आयोजना हुँदैछ। कार्यक्रममा नेपाल तथा अमेरिकामा रहेका नेपाली समुदायबीच भाषा, कला, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने मुख्य उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।



कार्यक्रमका संयोजक सुशील पङ्गेनीका अनुसार प्रारम्भिक चरणमा सहभागी बालबालिकाहरूको प्रस्तुति INAS Maryland ले भर्चुअल माध्यमबाट संकलन गरेको थियो। प्राप्त प्रस्तुतिहरूलाई जुरी प्यानलद्वारा मूल्यांकन गरी स्टेज प्रस्तुतिका लागि उत्कृष्ट प्रतिभाहरू छनोट गरिएको हो। अब छनोटमा परेका बालबालिकाहरू प्रत्यक्ष रूपमा स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै च्याम्पियनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस कार्यक्रमलाई सफल बनाउन INAS Maryland का अध्यक्ष शान्ति भण्डारी, निवर्तमान अध्यक्ष लक्ष्मण पौडेल लगायत संस्थाका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरू दिनरात खटिरहेको संयोजक पङ्गेनीले जानकारी दिनुभयो।

यस वर्षको कार्यक्रममा ५ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रमुख तीन विधाहरू नृत्य, गायन र नेपाली भाषा वक्तृत्वकला सञ्चालन हुनेछ l

प्रत्येक विधामा एक जना च्याम्पियन घोषणा गरिनेछ र विजेताले $500 नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा अन्य आकर्षक पुरस्कार प्राप्त गर्नेछन्। नेपाली भाषण प्रतियोगितामा सहभागी बालबालिकाहरूले नेपाली भाषा, संस्कृति, परम्परा तथा पहिचानसँग सम्बन्धित विभिन्न विषयमा प्रस्तुति दिनेछन्।

त्यसैगरी कार्यक्रममा सहभागी उत्कृष्ट शीर्ष १० प्रतिभालाई समेत विशेष सम्मानस्वरूप नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यवसायी, समाजसेवी, प्रबुद्ध व्यक्तित्व तथा प्रायोजकहरूले आर्थिक, नैतिक तथा भौतिक सहयोग गरिरहेको INAS Maryland ले जनाएको छ। संस्थाले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई बालप्रतिभाहरूलाई हौसला प्रदान गर्न हार्दिक अनुरोध समेत गरेको छ।

 नृत्य (Dance) विधामा छनोट भएका विद्यार्थीहरू:

Susita Pangeni, Rhyme KC, Apeksha Dhungel, Prakriti Dhakal, Prapti D Khatri, Ciara Magar, Pramonika Waling, Brianna Laxmi Ojha, Aanvi Poudel, Nisija Garbuja, Miron Limbu, Shivani Ramdam, Shreya Poudel, Pragyi Ihina Sunar, Krisha Bishwokarma, Arugya Dhakal, Riyanshi Tamang, Srigita Tamang, Dristi Sharma, Soniya Baraili, Divyank Kamali & Jigyasha KC

गायन (Singing) विधामा छनोट भएका विद्यार्थीहरू:

Arshiv Khanal, Samriddhi Pathdeuti, Prashanna Poudel & Sangeet Pahari

नेपाली भाषण (Speech) विधामा छनोट भएका विद्यार्थीहरू:

Kripa Dhakal, Sophia Chapagain, Sushant Bishwakarma & Ensley Magar

 

सम्बन्धित समाचार