सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको  ? 

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु तीन लाख १० हजार १०० मा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने रु तीन लाख १० हजार ९०० निर्धारण भएको छ ।

भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा रु २० हजार ५०० ले वृद्धि भएको थियो ।

यस्तै, चाँदीको मोल तोलामा रु १० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार ३४५ मा खरिद बिक्री भएको चाँदी आजका लागि भने रु पाँच हजार ३५५ तय भएको छ ।

सम्बन्धित समाचार