नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असार।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिनुभएको छ ।
सभापति पदमा उहाँको एकल उम्मेदवारी परेको छ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रस्तावमा उहाँको उम्मेदवारी परेको हो ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उहाँको एकल उम्मेदवारी परेको बताउनुभयो ।
